सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जस्थित बीपी चोकमा माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ ।
आज बिहान कांग्रेस बाँकेद्वारा बीपीको शालिकमा माल्यार्पण गरी स्मरण गरिएको छ ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले जानकारी दिए ।
कार्यक्रममा सहभागी नेताहरूले बीपी कोइरालाको योगदान, विचार र लोकतान्त्रिक समाजवादको अवधारणालाई स्मरण गर्दै उनले देखाएको राजनीतिक तथा लोकतान्त्रिक मार्गलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए ।
बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।