सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति गगन थापाबीच आइतबार भेटवार्ता भएको छ ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्र देखिएको असमझदारी, कांग्रेसको एकता तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।
भेटमा नेता कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन आफू जुनसुकै त्याग गर्न तयार रहेको धारणा राखेका थिए । देश, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेसभित्रको विवादभन्दा पार्टीको एकता महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कोइरालाले आफूलाई कुनै पदको लोभ नरहेको भन्दै पार्टी एकढिक्का बनाउन आवश्यक परे पदसमेत त्याग्न तयार रहेको बताएका थिए । कांग्रेसलाई बलियो र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका थिए ।
भेटवार्तामा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा रसुवा, नुवाकोट र धादिङको अवस्थाबारे समेत छलफल भएको जनाइएको छ ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुई नेताबीचको भेटवार्ता सकारात्मक रहेको बताए । यद्यपि, भेटमा भएका विषयबारे उनले विस्तृत जानकारी दिन चाहेनन् ।