बाढीले पुरिएको घरबाट ११ औं दिनमा ६४ वर्षीया महिलाको जीवितै उद्धार

शनिबार, भदौ २०, २०८३

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीका कारण पुरिएको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ।

विदुर नगरपालिका–१० की श्रेष्ठलाई बाढीले क्षति पुर्‍याएको आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र  नेपालका प्रहरीको टोलीले श्रेष्ठलाई ११ औं दिनमा सकुशल उद्धार गरेको हो।

 

सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बाढी प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।

यसअघि नेपाली सेनाको टोलीले अपर त्रिशूली–१ आयोजनाबाट आज एक चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट शुक्रबार दुई जनालाई समेत उद्धार गरिएको थियो।

बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार अभियान जारी राखेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १४:४५
प्रतिक्रिया दिनुहोस्