सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कविर महर्जन रहेका छन्। सुरुङभित्र फसेका उनीहरूसँग उद्धार टोलीले यसअघि दोहोरो संवाद गर्न सफल भएको थियो।
सुरुङभित्रबाट उनीहरू जीवित रहेको संकेत प्राप्त भएपछि नेपाली सेनाको उद्धार टोलीले उद्धार प्रयासलाई थप तीव्रता दिएको थियो। निरन्तरको प्रयासपछि दुवै जनालाई सकुशल बाहिर निकालिएको हो।