सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । भोटेकोशी बाढीका कारण पीडामा परेका नागरिकको दुःखमा नौबस्ता कारागारका कैदीबन्दीले पनि साथ दिएका छन्। कारागार कार्यालय नौबस्ता, बाँकेमा रहेका कैदीबन्दीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी बाढीपीडितलाई मनकारी रुपले ४९ हजार ५१० रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
विपद्का कारण मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै कारागारका कैदीबन्दीहरुके मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
यसै क्रममा कारागारको “बी” ब्लकमा रहेका बन्दीहरूले आफ्नो इच्छाअनुसार रकम संकलन गरी पीडित परिवारका लागि राहतस्वरूप सहयोग गरेका छन्। सीमित अवस्थामा रहेर पनि विपद्मा परेका नागरिकको पीडालाई महसुस गर्दै बन्दीहरूले सहयोगको हात अघि बढाएका हुन्।
कारागार कार्यालयले विपद्को समयमा पीडित तथा प्रभावित नागरिकप्रति कैदीबन्दीहरुले देखाएको सहयोग र मानवीय संवेदना देखाउन सर्हानीय भएको जनाएको छ। दुःखमा परेका परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले बन्दीहरूले गरेको सहयोग मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको कार्यालयको भनाइ छ।
बन्दीहरूले स्वेच्छिक रूपमा संकलन गरेको उल्लेखित रकम सम्बन्धित पीडितलाई राहतस्वरूप उपलब्ध गराइएको जनाइएको छ।