सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या ७६८ पुगेको छ ।
नेपाल प्रहरीले आइतबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा त्यसपछिको खोज तथा उद्धारका क्रममा ७६८ जनाको शव फेला परेको जनाएको हो ।
प्रहरीको तथ्यांकअनुसार चितवनमा मात्रै २६४ शव फेला परेका छन् । पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म २ हजार ७१५ जनाको उद्धार गरिएको छ । यसैबीच, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् ।