सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जिल्लामा जारी खोज तथा उद्धारका क्रममा हालसम्म ६ सय ६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृतकको संख्या ६६९ पुगेको जनाएको हो।
प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले ४ हजार ८ सय ५४ जना कर्मचारी परिचालन गरेको छ। विपद्का क्रममा प्रहरीतर्फ पनि क्षति भएको छ। हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
यस्तै, बाढीमा परी घाइते भएका तथा प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको संख्या २ हजार ३ सय ७१ पुगेको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्।
नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको छ।