सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका बाँकेका एक युवकको शव चितवनमा फेला परेको छ।
बाँकेको कोहलपुर नगरपालिका–११ घर भएका २३ वर्षीय कविलाल चौधरीको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार फेला परेको शवको पहिचान खुलेपछि परिवारलाई बुझाइएको छ।
चौधरी भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका थिए। बाढीपछि खोजीका क्रममा चितवनमा शव फेला परेको हो।
पहिचान खुलेसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी चौधरीको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।