सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरए एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री बाढीपीडितलाई सहयोग गर्ने भएका छन् ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा भएको विपद्लाई ध्यानमा राख्दै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिनेछ।
यसअघि भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो।