सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा फेला परेका मृतकको संख्या ३५९ पुगेको छ ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा बाढीपछि ३५९ जनाको शव फेला परेको हो । यस्तै, बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ४ हजार ३८७ जना प्रहरी परिचालन गरिएको छ ।
बाढीबाट प्रभावित तथा घाइते भएकाहरूको उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।