भोटेकोशी बाढीका कारण बाँकेका २२ जना सम्पर्कविहीन (नामसहित)

बिहीबार, भदौ ११, २०८३

बाँके  ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २२ जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सम्पर्कविहीन हुनेमा १२ जना पुरुष र १० जना महिला रहेका छन् । त्यसमा दुई जना भारतीय, १६ जना बाँकेका स्थायी र ४ जना अस्थायी बासिन्दा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले जानकारी दिए ।

बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरू सम्पर्कविहीन भएको जनाइएको हो । बेपत्ता भएका सबैको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।

भोटेकोशीमा आएको आकस्मिक तथा अत्यन्त शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण विभिन्न बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।हालसम्म २८९ जनाको मृत्यु भएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन् । 

सम्पर्कविहीन हुनेहरु-

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १७:०३
प्रतिक्रिया दिनुहोस्