सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न स्थानमा रहेका ६ सय ४४ जना पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय नागरिक छन् । भारतका १ सय ७८ जना पर्यटकको अवस्था अझै अज्ञात रहेको छ । त्यस्तै १ सय २७ नेपाली पर्यटक पनि सम्पर्कविहीन छन् । अमेरिकाका ६५ र युक्रेनका ५३ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक पनि सम्पर्कमा आएका छैनन् । यसैगरी सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६र६ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
पर्यटक तथा ट्राभल एजेन्सी र सम्बन्धित कम्पनीहरूबाट प्राप्त विवरणका आधारमा तथ्यांक अद्यावधिक गरिएको पर्यटन बोर्डले जनाएको छ ।