सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ।
नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको मृत्यु भएको छ।
बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण फेला परेका शवको जिल्लागत विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको हो।