विनाशकारी बाढीपछि सिंहदरबारमा सर्वदलीय बैठक

बिहीबार, भदौ ११, २०८३

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारमा आकस्मिक सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

बैठकमा रास्वपा सभापति लामिछानेसँगै नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन्।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता महन्थ ठाकुरलगायत अन्य नेताहरू पनि बैठकमा उपस्थित छन्।

बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट र त्यसको समाधानका लागि गर्ने सहकार्य गर्नेबारे छलफल हुँदैछ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १०:०९
प्रतिक्रिया दिनुहोस्