रसुवा बाढी अपडेट:१५७ जनाको शव फेला, ३६ प्रहरी सम्पर्कमा आए

बिहीबार, भदौ ११, २०८३

काठमाडौं । रसुवामा आएको बाढी परेकामध्ये अहिलेसम्म १५७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार राति ११ः०५ बजेसम्म जारी गरेको बुलेटिनअनुसार सात जिल्लामा गरी १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ। यस्तै, चितवनमा मात्रै ६४ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका अनुसार बाढी तथा विपद्मा परेका ३६ जना प्रहरी कर्मचारी सम्पर्कमा आएका छन् भने २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

बाढीका कारण घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना उपचाररत रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिदै ३३ सय १८ प्रहरी परिचालन गरिएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ००:५८
प्रतिक्रिया दिनुहोस्