मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा

मंगलबार, भदौ ९, २०८३

नेपालगञ्ज । मोहम्मद जयन्तीको अवसरमानेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा बुधबार बिदा हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार २०८३ साल भदौ १० गते मोहम्मद जयन्तीको अवसरमा विद्यालयहरूमा बिदा दिइएको हो ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका बरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र शाहीले सम्बन्धित सबै विद्यालयलाई उक्त निर्णय अनुसार बिदा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई यो सूचना पालना गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्