सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । संघको निर्वाचनमा ओलीले १ हजार ३ सय ९२ मत प्राप्त गर्दै अध्यक्षका अर्का उम्मेदवार ध्रुवप्रसाद दाहाललाई पराजित गरेका हुन् । दाहालले ३ सय ७६ मत प्राप्त गरे ।
निर्वाचन आयुक्तको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ओली नेतृत्वको समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् । ओलीलाई अध्यक्षमा निर्वाचित घोषणा गर्दै निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीले अन्य पदाधिकारी तथा सदस्यहरूको पनि अन्तिम परिणाम सार्वजनिक गरेका हुन् ।
वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ र उद्योग उपाध्यक्षमा कमल कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा भने रुपा ओझा ९सानु० विजयी भएकी छन् । उनले १ हजार १५२ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी उमा ग्राण्डले ५०४ मत पाइन् ।
महासचिवमा विष्णु श्रेष्ठ १ हजार २९० मतसहित विजयी भएका छन् । उपमहासचिवमा प्रदीप आचार्य ८६६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१९ मतसहित विजयी भएका छन् ।
सदस्यतर्फ तोपबहादुर थापा १ हजार ३५०, सन्तोषकुमार पौडेल १ हजार ४५६, नन्दाराम जैसी १ हजार ३४९, जहाँगीर मुसलमान १ हजार १६०, आदित्य गुप्ता १ हजार ३४०, अतुलकुमार गुप्ता १ हजार १२३, शारदरराज अधिकारी १ हजार ३३१, नगेन्द्र शाही १ हजार २८८, शरदप्रसाद रिजाल १ हजार १२८ र सुरजबहादुर भण्डारी १ हजार १२५ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बन्जारा तथा एशोसिएट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।