घोराहीमा ट्रयाक्टरको ठक्करबाट अटो चालकको मृत्यु, दुई घाइते

बिहीबार, भदौ ४, २०८३

घोराही । दाङको घोराहीमा ट्रयाक्टरले अटोलाई ठक्कर दिँदा घाइते भएका अटो चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार दुई यात्रुसमेत घाइते भएका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५, बसन्तपुरका ४५ वर्षीय अटो चालक विनोद पौडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा्। हेमबहादुर केसीका अनुसार पौडेलको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा बिहीबार बिहान पौने ३ बजे उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घोराही उपमहानगरपालिका–५ का ४० वर्षीय खिमराज केसी र सोही उमेरका तिलक केसी घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बुधबार बेलुकी करिब ८ बजे घोराही उपमहानगरपालिका–७, बेसाहीमा दुर्घटना भएको हो। सौंडियारबाट सर्रातर्फ जाँदै गरेको रा् १ त ३७०९ नम्बरको ट्रयाक्टरले घोराहीबाट बसन्तपुरतर्फ आउँदै गरेको लु्प्र्०२–००१ ह १९२९ नम्बरको अटोलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि प्रहरीले ट्रयाक्टर चालक घोराही उपमहानगरपालिका–१७, भैंसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्