Dashain Banner
Dashain Banner

नरैनापुर गाउँपालिकामा भोलि सार्वजनिक बिदा

आइतबार, साउन ३१, २०८३

बाँके । नरैनापुर गाउँपालिकाले नागपञ्चमी पर्वका अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार हिन्दु धर्मावलम्बीहरूको महान् पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी भदौ १ गते भोलि (सोमबार)  परेको हुँदा उक्त अवसरमा गाउँपालिकाभित्र स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

बिदाका दिन नरैनापुर गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरू तथा गाउँपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्थानीयवासी, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नागपञ्चमीको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेको छ।

नरैनापुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष जयन्ती देवी श्रीवास्तवद्वारा जारी सूचनामा स्थानीय सार्वजनिक बिदासम्बन्धी जानकारी गराइएको हो।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १७:०६
प्रतिक्रिया दिनुहोस्