सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२-०८३ को सामाजिक परीक्षण गरिएको छ । नेपालगन्जमा सरोकारवालाको सहभागितामा सामाजिक परीक्षण गरिएको हो ।
माइती नेपालले एक वर्षामा गरेको कार्यक्रमहरूका साथै भएका उपलब्धि समेत प्रस्तुत गरेको थियो । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सरोकारवालामाझ संस्थाले गरेको कार्यक्रम तथा देखिएका उपलब्धका बारेमा बिहीवार जानकारी गराएका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले संस्थाका कार्यक्रममा आवश्यक सल्लाह सुझाव दिइन् । 'माइती नेपालले गर्दै आएको कार्यक्रमहरूका बारेमा धेर थोरै आफू जानकार छु,'उपप्रमुख कार्कीले भनिन्, 'यसकारण खोट लगाउनुपर्ने ठाउँ देख्दििन ।' उनले मानव बेचबिखन सबैको साझा समस्या भएको हुँदा सबै पालिकले आवश्यक बजेट बिनियोजन गर्नुपर्ने बताइन् । निवर्तमान संघीय संसदका सचिव समेत रहेका बिग्रुपका कार्यक्रम प्रबन्धक गोपालनाथ योगीले नीति निर्माण गर्न सजिलो नभएकाले ग्रासरूटबाट नै यस्ता मुद्दालाई संघीय कार्यालयसम्म पुर्याउन जरुरी रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत आशा शाही, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी, इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराई, खजुरा गाउँपालिका महिला शाखा प्रमुख शुशिला न्यौपानेले सल्लाह सुझाव दिएका थिए ।