नेपाल आइपुगे शेरबहादुर देउवा

बिहीबार, साउन २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए। आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन्।

देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थलमै पुगेका छन्।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १३:१४
प्रतिक्रिया दिनुहोस्