प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

मंगलबार, साउन २६, २०८३

काठमाडौं । सरकारले हालैका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो।

सरकारले चारै जनालाई सहिद घोषणा गर्ने निर्णयले मृतकका परिवारलाई राज्यबाट उचित सम्मान, राहत तथा न्यायको अनुभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्