सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को बजेटमा घोषणा गरिएको तलब वृद्धिलाई कार्यान्वयन गर्दै राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयको प्रस्तावमा स्वीकृत भएको नयाँ तलब संरचना साउन १ गतेदेखि नै लागू भएको हो।
नयाँ तलबमान निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूमा लागू हुनेछ।
स्वीकृत तलब संरचनाअनुसार राज्य प्रशासनको उच्चतम पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक कुल तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा वार्षिक ग्रेड वृद्धि समायोजनपछि कुल तलब उक्त रकम पुगेको हो।
यस्तै, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा नेपाल सरकारका सचिवहरूको मासिक कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
सरकारी सेवाको तल्लो तहमा कार्यरत प्रथम स्तरका कार्यालय सहयोगीको कुल मासिक तलब भने २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ। श्रेणीविहीन कर्मचारीअन्तर्गत पर्ने हल्कारा, हुलाकी र कार्यालय सहयोगीको सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकामा ग्रेड वृद्धि समावेश भएपछि कुल तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम भएको हो।
सरकारले नयाँ तलबमान लागू भएसँगै राष्ट्रसेवक कर्मचारीहरूले साउन १ गतेदेखि बढेको तलब तथा सम्बन्धित सुविधा प्राप्त गर्ने जनाएको छ।
निजामती कर्मचारी -
नेपाली सेना-
नेपाल प्रहरी -
सशस्त्र प्रहरी बल-