सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज चारवटा महत्वपूर्ण संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
बिहान ११ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ भने सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका विषयमा छलफल हुनेछ।
त्यसैगरी, अपराह्न १ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ भने अपराह्न २ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा प्राप्त उजुरीहरूउपर छलफल गर्ने कार्यक्रम तय गरिएको छ।