देउखुरीमा माटोको ढिस्कोले पुरिएर १३ वर्षीय बालकको मृत्यु

आइतबार, साउन १०, २०८३

दाङ ।दाङको देउखुरीमा  माटोको ढिस्कोले पुर्दा एक जना बालकको मृत्यु भएको छ । सोही घटानामा परि अर्का एकजना किशोर घाइते भएका छन् ।

जिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ बर्षीय दीपेश चौधरीको माटोको ढिस्कोले पुर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी प्रबक्ता डीएसपी डा. हेमबहादुर केसीका अनुसार सोही घटनामा परि स्थानीय १८ बर्षीय सुमित यादव घाइते छन् । लमहीमा उनको उपचार जारी रहेको तथा उनी खतरा मुक्त रहेको डीएसपी केसीले जानकारी दिए ।

डीएसपी केसीका अनुसार स्थानीय चालक २८ बर्षीय रामप्रताप यादवलाई प्रहरीले मध्य राति नियन्त्रणमा लिएको थियो । चालक यदाव शनिबार राति ९ बजेतिर बेलास्थित दुर्गा सामुदायिक वन भित्र दुई बालकलाई साथमा लगेर ट्याक्टर बाट माटो चोरी निकासी गर्न गएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गढवाले आज बिहान घटनास्थल पुगेर थप अनुसन्धान गर्दै गरेको दाङ प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह