कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, चार मन्त्रीको सामूहिक राजीनामा

बुधबार, असार ३१, २०८३

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी भएका चारै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार मन्त्रिपरिषद् बैठककै क्रममा कांग्रेसका सबै मन्त्रीले आफ्नो राजीनामा प्रदेश सरकारसमक्ष बुझाएका हुन्। उनले राजीनामा स्वीकृतिको प्रक्रिया बाँकी रहेको जानकारी दिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि मन्त्रिपरिषद् बैठकमा कांग्रेसका चारै मन्त्रीले एकसाथ पदबाट अलग हुने निर्णयअनुसार राजीनामा पेश गरेको बताए।

कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक परिस्थिति सिर्जना हुने अनुमान गरिएको छ। यद्यपि, राजीनामा स्वीकृति र त्यसपछिको राजनीतिक प्रक्रियाबारे भने औपचारिक निर्णय आउन बाँकी छ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्