सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पोषण केसीले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । नेता केसीले केक होइन, सेवामा जन्मदिन भन्ने भावनाका साथ मानव सेवा आश्रमलाई भोजनका आगि आर्थिक सहयोग गरेका हुन् ।
मंगलबार काठमाडौं महानगरसँग जोडिएको नागार्जुन नगरपालिका–१, रानीवनस्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा नेता केसीले आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । आश्रममा आश्रित ३५० जनालाई भोजन सेवाका लागि उनले सो सहयोग रकम प्रदान गरेका हुन् । केसी आफ्नी धर्मपत्नी शोभा सुवेदी केसीसंगै त्यहाँ पुगेका थिए ।
भोजन सेवा कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहता, केन्द्रीय सचिव भरत महतो, केन्द्रीय कोषाध्यक्ष अरुणकुमार महतो तथा केन्द्रीय सदस्य राजु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका केसी हाल नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् ।
जन्मदिनलाई तडकभडकका साथ मनाउनुको सट्टा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको उनको भनाई छ । जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मानवता प्रवर्द्धन गर्ने सन्देश दिन सहयोग गरिएको केसीले बताए । मानव सेवा आश्रमले सडक आश्रित, असहाय तथा बेसहारा नागरिकको उद्धार, संरक्षण र पुनःस्थापनाका क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ ।