नक्कली भुटानी शरणार्थी प्रकरण: कसलाई कति सजाय निर्धारण?

मंगलबार, असार ३०, २०८३

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारण गर्दै काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकेको छ।

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार केशवप्रसाद दुलाल, सानु भण्डारी, डा। इन्द्रजित राई तथा नेपाली कांग्रेसका नेता एवं पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पालाई जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको छ।

यस्तै, टेकनाथ रिजाल र बालकृष्ण खाणलाई जनही २ वर्ष कैद तथा २० हजार रुपैयाँ जरिबाना तोकिएको छ।

अदालतले शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई पनि दोषी ठहर गर्दै जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरिएको बहुचर्चित प्रकरणमा यसअघि अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेको थियो। मंगलबार सोही मुद्दामा दोषी ठहर भएका सबै अभियुक्तहरूको सजाय निर्धारण गरिएको हो।

कसलाई कति सजाय ?

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्