सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर (बाँके) । बाँके जिल्लाको कोहलपुर नगर अस्पतालले दैनिक रूपमा बिरामीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।
अस्पताल प्रशासनका अनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउने उद्देश्यका साथ स्वास्थ्य सेवामा निरन्तर सुधारका प्रयासहरू अघि बढाइँदै छन्। बिरामीले छिटो, सरल र गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ अस्पतालले आफ्नो सेवा प्रणालीलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ।
अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी ओपिडी सेवा लिन आउने गरेका छन्। यसले स्थानीय समुदायको स्वास्थ्य उपचारमा कोहलपुर नगर अस्पतालप्रतिको विश्वास र सेवाको आवश्यकतालाई स्पष्ट पार्ने अस्पतालको भनाइ छ।
अस्पतालले आगामी दिनमा विशेषज्ञ सेवा विस्तार, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन तथा सेवाको गुणस्तर अभिवृद्धिमार्फत नागरिकलाई अझ प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।