सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार दुवै जनालाई नियुक्त गरिएको हो। सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले श्रेष्ठ र घिमिरेलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
नियुक्तिपत्र प्रदान गर्दै मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत जिम्मेवारीमा पुगेका दुवै अध्यक्षबाट सम्बन्धित संस्थाको कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले नियामक निकायहरूले निष्पक्ष, पारदर्शी र परिणाममुखी ढङ्गले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार सिफारिस समितिले क्षमता, कार्यदक्षता र जिम्मेवारी बहन गर्न सक्ने आधारमा अन्य उम्मेदवारको तुलनामा श्रेष्ठ र घिमिरेलाई उपयुक्त ठहर गर्दै सिफारिस गरेको थियो। सरकारले सोही सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित निकायको नेतृत्वको जिम्मेवारी दिएको हो।