सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले नेपालगन्ज भन्सार कार्यालयलाई फराकिलो अन्तरको १०-४ गोलेले पराजित गरेको छ।
आज साँझ न्यूरोड फुटसल ग्राउन्डमा भएको मैत्रीपूर्ण फुटसलमा सयौं दर्शकको उत्साहजनक उपस्थितिका बीच सम्पन्न खेलमा सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले भन्सार टोलीमाथि दबाब कायम राख्दै आकर्षक जित दर्ता गर्यो।
आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्ण प्रसाद न्यौपानेको कार्यक्रमको संयोजन तथा अग्रसरतामा खेलले दुवै कार्यालयबीच आपसी सम्बन्ध, सहकार्य र सौहार्दता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
खेल अवधिभर दर्शकहरूको उल्लेखनीय समर्थन र उत्साह देखिएको थियो। मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा आयोजना गरिएको उक्त फुटसल खेल रोमाञ्चक र मनोरञ्जनपूर्ण बनेको आयोजक पक्षले जनाएको छ।
विजयसँगै आन्तरिक राजस्व कार्यालय नेपालगन्जले उत्कृष्ट टोली समन्वय र खेल कौशल प्रदर्शन गरेको छ भने नेपालगन्ज भन्सार कार्यालयले पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भएको छ।