राहादानी विभागका महानिर्देशक अर्याल पक्राउ

मंगलबार, असार २, २०८३

काठमाडौँ ।  राहादानी विभागका महानिर्देशक  तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसँग सम्बन्धित अनियमितताको आशंकामा अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

आयोगको टोलीले मंगलबार त्रिपुरेश्वरस्थित राहदानी विभागबाट अर्याललाई नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार उनलाई विभागको कार्यालय परिसरबाटै अनुसन्धानका लागि लगिएको हो।

आयोगनिकट स्रोतका अनुसार राहदानी छपाइसम्बन्धी प्रक्रियामा भएको भनिएको अनियमितताबारे छानबिन गर्ने क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो। यस विषयमा आयोगले थप अनुसन्धान गरिरहेको बताइएको छ।

घटनाबारे विस्तृत आधिकारिक विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १२:४९
प्रतिक्रिया दिनुहोस्