नेपाली कांग्रेसले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद

शुक्रबार, जेठ २९, २०८३
Honor 600 pro

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान अन्तर्गत हालसम्म ५ लाख ३८ हजार ६ सय २२ जना सदस्यले डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ। कुल ७ लाख ८२ हजार २ सय ९ योग्य सदस्यमध्ये ती सदस्यहरूले आ(आफ्नो वडा सभापतिमार्फत डिजिटल परिचयपत्र बुझिसकेका हुन्।

यसै गरी, थप १ लाख ४९ हजार ३ सय ९ जना क्रियाशील सदस्यहरूले आफ्नो विवरण स्वयं अद्यावधिक गरी फाराम पेस गरिसकेका छन्। हाल उनीहरूको विवरण पनि वडा सभापतिमार्फत नै प्रणालीमा अद्यावधिक हुने प्रक्रियामा रहेको कांग्रेसले स्पष्ट पारेको छ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार यसअघि क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि जेठ २८ गते राति १२ बजेसम्मको अन्तिम समयसीमा निर्धारण गरिएको थियो।

तर, धेरै सदस्यहरूको अद्यावधिक प्रक्रिया बाँकी नै रहेकाले कांग्रेसले अर्को सूचना जारी नभएसम्मका लागि क्रियाशील सदस्यता वितरण तथा नवीकरणको म्याद थप गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्