सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कैलाली । कैलालीको गोदावरी क्षेत्रमा शुक्रबार बिहान आएको आकस्मिक बाढीले दुई महिलालाई बगाएको घटनामा एक जनाको शव फेला परेको छ भने अर्की अझै सम्पर्कविहीन रहेकी छन्।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमलाको शव गोदावरी नदी किनारस्थित आर्यघाट आसपासबाट भेटिएको हो। घटनामा ४० वर्षीया कल्पना साउद भने अझै बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ।
बिहान करिब ६ बजे च्याउ संकलनका लागि घरबाट निस्किएका दुवै महिला खोलातर्फ पुगेका बेला अचानक आएको बाढीमा परेका थिए। त्यसलगत्तै नदीले दुई महिलालाई बगाइरहेको देखेपछि स्थानीय शिव मन्दिरका पुजारीले प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी तथा इलाका प्रहरी कार्यालय मालाखेतीबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानले महिलाहरूलाई नदीमा आएको एक्कासी बाढीले बगाएको देखिएको प्रहरीले जनाएको छ।
बेपत्ता महिलाको खोजीका लागि सुरक्षा निकायले नदी आसपासका क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।