सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा विदा दिएको छ । अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
शिक्षा महाशाखाका उपसचिव गोर्ख बहादुर थापाका अनुसार जेठ २६ देखि २९ गतेसम्म सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा विदा दिने निर्णय गरिएको हो ।
अत्याधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाई भई उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझाव समेतका आधारमा चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उपसचिव थापाले बताए ।