Dashain Banner
Dashain Banner

अदालतको पक्राउ पुर्जीले समातिए वीरगञ्जका मेयर राजेशमान सिह

मंगलबार, जेठ १९, २०८३

पर्सा। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। लिखत किर्ते सम्बन्धी मुद्दामा अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार मेयर सिंहलाई मंगलबार बिहान पक्राउ गरिएको हो। उनीविरुद्ध यसअघि पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीका अनुसार स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो। जाहेरीमा नक्कली कागजात प्रयोग गरी अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता बनाउन सहयोग गरेको आरोप लगाइएको छ।

सोही आरोपमाथि अनुसन्धान गर्न अदालतले पक्राउ अनुमति दिएपछि प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  ०९:०७
प्रतिक्रिया दिनुहोस्