'नेपालले भारतको कुन क्षेत्रको सीमा मिचेको हो सरकार?'

आइतबार, जेठ १७, २०८३

काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्टिकरण माग गरेको छ।

आज प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। उक्त भनाइप्रति आपत्ति जनाउँदै कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको कुन क्षेत्रको सीमा मिचेको हो भन्नेबारे सरकारसँग जानकारी माग गरिन्।

उनले प्रधानमन्त्रीको दाबी पुष्टि हुने तथ्य र स्थान सार्वजनिक गर्नुपर्ने बताउँदै यदि त्यस्तो कुनै आधार नभएको खण्डमा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग समेत गरिन्।

कांग्रेसले प्रधानमन्त्रीको भनाइले सीमा सम्बन्धी संवेदनशील विषयमा अन्योल सिर्जना गर्न सक्ने भन्दै सरकारबाट औपचारिक स्पष्टिकरण आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह