'राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले दिए गम्भीर चेतावनी'!

शुक्रबार, जेठ १५, २०८३
Honor 600 pro

बाँके । राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरूले जेठ १३ गते गाउँपालिका कार्यालयमा कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदै ज्ञापन पत्र  बुझाएका छन्।

जेठ १३ गते दिउँसो करिब ३ बजे केही व्यक्तिहरू हुलहुज्जतसहित गाउँ कार्यपालिकाको कार्यालय, अगैयाभित्र प्रवेश गरी कार्यालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै नियमित कामकारबाहीमा अवरोध सिर्जना गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहलाई असर पर्ने गरी गरिने अभद्र व्यवहार, धम्की तथा अस्वाभाविक गतिविधि स्वीकार्य नहुने उल्लेख गरेका छन्।

कानुनबमोजिम जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै पुगेर गरिने यस्ता गतिविधिले समग्र सार्वजनिक प्रशासन र सेवा प्रवाह प्रणालीमै नकारात्मक असर पार्ने कर्मचारीहरूको भनाइ छ।

कर्मचारीहरूले गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा तथा मर्यादित कार्य वातावरण कायम गर्न सबै सरोकारवालालाई संयमता अपनाउन आग्रह गरेका छन्। साथै घटनामा संलग्न पक्षमाथि कानुनी तथा प्रशासनिक कारबाही गरी सुरक्षित कार्य वातावरण निर्माण गर्न माग गरिएको छ।

यस्तै उनीहरुले आवश्यक वातावरण निर्माण नभए सबै कर्मचारीहरू नियमित कामकाजमा फर्किन नसक्ने तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने गम्भीर चेतावनी समेत दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  २०:४३
प्रतिक्रिया दिनुहोस्