आ.व. ०८३-०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ

शुक्रबार, जेठ १५, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट घोषणा गरेका हुन् ।

घोषित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको उनले बताए । वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ परिचालन गरिने जनाइएको छ ।

त्यस्तै आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने अर्थमन्त्री वाग्लेले जानकारी दिए । सरकारले बजेटमार्फत आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि केन्द्रित कार्यक्रम अघि सारेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १८:२०
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह