आज गणतन्त्र दिवस

शुक्रबार, जेठ १५, २०८३

काठमाडौँ ।  जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । यसै उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । 

वि.सं. २०६२-६३ को जनआन्दोलनको जगमा स्थापित यस दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । आजै बिहान काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गणतन्त्र मूल समारोह समितिद्वारा विशेष समारोह आयोजना गरिँदैछ ।

यसपटकको गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भने सम्बोधन गर्ने छैनन् । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहे पनि यसपालि प्रधानमन्त्री बालेनले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई नै सम्बोधन गरिदिन पत्राचार गरिसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह