सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित दुई जना वडा अध्यक्षको पद रिक्त भएको छ। दल परिवर्तन गरेको आधारमा निर्वाचन आयोगले उनीहरूको पद खाली भएको सूचना सार्वजनिक गरेको हो।
पद गुमाउनेमा लुम्बिनी प्रदेशको मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पद्मबहादुर विष्ट रहेका छन्।
नेपाली कांग्रेसले उनीहरू अन्य राजनीतिक दलमा आबद्ध भएको भन्दै केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगलाई जानकारी गराएको थियो। त्यसपछि आयोगले कानुनी व्यवस्था अनुसार दुवै जनाको पद रिक्त भएको घोषणा गरेको जनाएको छ।
स्थानीय तह निर्वाचनसम्बन्धी कानुनअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल परित्याग गरी अर्को दलमा प्रवेश गरेमा उसको पद स्वतः रिक्त हुने व्यवस्था छ।