विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

बुधबार, जेठ १३, २०८३

काठमाडौँ । विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि  सशस्त्र प्रहरी बल,नेपालका १३४ गोताखोरसहित २६ हजार बढी  सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ।

सरकारले विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट तयार पारिएका जनशक्ति आवश्यकताअनुसार देशभर परिचालन हुन निर्देशन दिएको हो।

खोज तथा उद्धारका लागि नेपाली सेनाबाट ७ हजार ५२४, नेपाल प्रहरीबाट १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित ८ हजार ११० जना तयारी अवस्थामा राखिएको छ। यी जनशक्ति ७७ वटै जिल्लामा आवश्यकताअनुसार परिचालन गरिने बताइएको छ। यसबाहेक जिल्लागत रूपमा उपलब्ध थप जनशक्तिसमेत आवश्यकता अनुसार परिचालन गरिनेछ।

यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्