Dashain Banner
Dashain Banner

नेता केसीको पहलमा बन्ने भयो राप्तीसोनारी–७ र डुडुवा–१ जोड्ने झोलुंगे पुल, वर्षौँदेखिको सास्ती अन्त्य

मंगलबार, जेठ १२, २०८३

बाँके । वर्षौँदेखि राप्ती नदीमा पुल नहुँदा आवागमनमा सास्ती भोग्दै आएका स्थानीय बासिन्दाका लागि राहतको खबर आएको छ। अब डुंगा मार्फत नदी वारपार गर्नुपर्ने जोखिमपूर्ण अवस्था अन्त्य हुने भएको छ।

नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रिय सभापति तथा युवा नेता पोषण केसीको विशेष पहलमा राप्ती नदीमाथि झोलुंगे पुल निर्माण हुने भएको हो। करिब १५ करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त झोलुंगे पुल ५५० मिटर लामो हुनेछ।

उक्त पुल राप्तीसोनारी गाउँपालिका वडा नं. ७ अन्तर्गत फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका गाउँ तथा डुडुवा गाउँपालिका वडा नं. १ का बालुपुरुवा, चौफेरी क्षेत्रलाई जोड्ने गरी निर्माण गरिने जनाइएको छ।

यसैबीच, राप्तीसोनारी–७ र डुडुवा–१ का स्थानीयहरू पुल निर्माण हुने खबरले हर्षित भएका छन्। “अब डुंगाबाट जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता हट्ने भयो,” स्थानीयले बताए। पुल निर्माणका लागि आवश्यक सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ। ललितपुरस्थित झोलुंगे पुल महाशाखाबाट इन्जिनियर कैलाश मोक्तानको नेतृत्वमा खटिएको प्राविधिक टोलीले सर्वेक्षण कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।

पुल निर्माणसँगै स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार र समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। साथै, विगतमा डुंगा चढेर नदी पार गर्ने क्रममा हुने दुर्घटनाबाट ज्यान गुमाउनुपर्ने पीडादायी अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्