सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि तय गरिएको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठक आज दिउँसो १ बजे बस्दैछ, जहाँ प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय गरिएको छ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा विकास निर्माण, सुशासन प्रवर्द्धन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राख्ने तयारी गरेको जनाएको छ।