सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्तीसोनारी गाउँपालिकाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
प्रथम अधिवेशनले भूपेन्द्र वलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित समितिमा उपसभापतिमा घनश्याम बस्नेत, सचिवमा अमर बहादुर वली, सहसचिवमा खगेन्द्र प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा अस्मिता बुढा मगर चयन भएका छन्।
यस्तै सदस्यहरूमा चित्रबहादुर भण्डारी, अशोक पुन, मिना पौडेल, कपिल ओली, राजमती थारु र भूपति परियार रहेका छन्।
अधिवेशनले आगामी दिनमा पार्टी संगठनलाई गाउँस्तरसम्म मजबुत बनाउँदै जनताको मुद्दा उठाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।