सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठक चुनावी परिणामका कारणबारे विभिन्न धारणा राख्दै सम्पन्न भएको छ।
आज काठमाडौंमा बसेको बैठकमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समग्र समीक्षा केन्द्रित छलफल भएको पार्टी स्रोतले जनाएको छ। फागुन २१ मा सम्पन्न निर्वाचनमा जसपा नेपालले एक सिट पनि जित्न नसकेको विषयलाई गम्भीर रूपमा उठाइएको थियो।
बैठकमा सहभागी नेताहरूले चुनावी परिणामका कारणबारे विभिन्न धारणा राखेका छन्। केही नेताहरूले पार्टीका आन्तरिक कमजोरीलाई जिम्मेवार ठहर गरे भने केहीले विदेशी प्रभावसमेत परिणाममा असर गरेको दाबी गरेका छन्। यस्तै, केही केन्द्रीय सदस्यहरूले निर्वाचनका क्रममा नेपाली सेनाको अनावश्यक हस्तक्षेप भएको आरोपसमेत उठाएका थिए।
केन्द्रीय सदस्य शैलेन्द्र साहका अनुसार बैठकमा निर्वाचनको समग्र समीक्षा, संगठन सुदृढीकरण, जनतासँग सम्बन्ध विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको छ।
बैठकमा केन्द्रीय सदस्यहरू बिनोद सिंह, चन्देश्वर पासमान, मुकेश झा, बलविर नेपाली, अम्बिका काफ्ले, हेम्मा बेलवासे, निलम यादव, चमेली दास तत्मा, पिंकी यादव, शैलेन्द्र साह, उमेश यादव, निर्मला यादव, परमेश्वर साह, रेणु झा, अशेश्वर यादव, रेणु यादव, सबिता यादव, दिपक कार्की, लाक्पा शेर्पा, लिला सिटौला, सिता यादव, रेखा यादव, डा। सुरेन्द्र झा र तारा बिश्वकर्माले आ–आफ्ना धारणा राखेका थिए।
बैठकको बाँकी सत्रहरूमा थप नीतिगत निर्णयहरू हुने अपेक्षा गरिएको छ।