सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार जेठ १४ गते बकर ईदका दिन सार्वजनिक बिदा दिएको हो।
साथै, यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा मन्त्रालयले शुभकामना व्यक्त गरेको छ। विज्ञप्ति सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले द्वारा जारी गरिएको हो।