सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । रिक्त रहेको प्रेस काउन्सिल नेपालको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा प्रेस काउन्सिल नेपालका लागि एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो ।लागी
जारी सूचनामा इच्छुक र योग्य व्यक्तिले जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्ने रहेको छ। दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक पर्ने योग्यता, कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा हेर्न सकिने जारी सूचनामा उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।