सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई मंगलबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र साह बालेन, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
यसअघि मंगलबारै संसदीय सुनुवाइ समितिमा उनको सुनुवाइ भएको थियो । सुनुवाइपछि मंगलबारै समितिले प्रधानन्यायाधीशमा नियुक्तिका लागि उनको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।