सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिस

बिहीबार, वैशाख २४, २०८३
Honor 600 pro

काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको नयाँ प्रधान न्यायाधीशका लागि डा। मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। बिहीबार बसेको परिषद् बैठकले शर्मालाई उक्त पदका लागि अघि बढाउने निर्णय गरेको हो।

यसअघि न्याय परिषद्ले प्रधान न्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो। सिफारिस सूचीमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा। नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका थिए।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण गत चैत १८ गतेबाट अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो। त्यसपछि संवैधानिक प्रक्रियाअनुसार नयाँ प्रधान न्यायाधीश चयन प्रक्रिया अघि बढाइएको हो।

नेपालको संविधानको धारा १२९ (३) अनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशका रूपमा काम गरेको व्यक्ति प्रधान न्यायाधीश नियुक्त हुन योग्य मानिने व्यवस्था छ। सोही संवैधानिक प्रावधानका आधारमा योग्य न्यायाधीशहरूको नाम सिफारिस गरिएको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १९:५७
प्रतिक्रिया दिनुहोस्